दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश राउतको इजलासमा

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा परेको छ ।

आइतबार पक्राउ परेपछि उनका तर्फबाट छोरा निराजन प्रसाईंले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन् । प्रसाईंका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता टंक दुलालसहितले बहसको तयारी गरेका छन् ।

प्रसाईंले अमुक महिलाको चरित्रमा प्रश्न उठाउँदै दिएको अभिव्यक्तिविरुद्धको उजुरीमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।