अमेरिकामा प्रधानमन्त्री असुरक्षित हुनु उहाँको कर्मको फल होः रास्वपा उपसभापति अर्याल

अमेरिकामा प्रधानमन्त्री असुरक्षित हुनु उहाँको कर्मको फल होः रास्वपा उपसभापति अर्याल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै कर्मको फलका कारण अमेरिकामा असुरक्षित हुनुपरेको टिप्पणी गरेका छन्।

सोमबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा छन्। त्यहाँका नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम राखिएकोमा सुरक्षा संवेदनशीलताको कारण देखाउँदै स्थगित गरिएको थियो।

‘उहाँहरु असुरक्षित हुनुभयो रे अमेरिकामा। दु/भाग्य, अचम्म लाग्छ, त्यो उहाँको कर्मको फल हो,’ रास्वपा उपसभापति अर्यालले भने।