सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको न्याय परिषद्को बैठक निश्कर्षविहीन

सर्वोच्चमा न्यायाधीश नियुक्तिका लागि बसेको न्याय परिषद्को बैठक निश्कर्षविहीन

काठमाडौं। सर्वोच्च र उच्च अदालतमा न्यायाधीश सिफारिसका लागि बसेको न्याय परिषद्को बैठक निश्कर्षविहीन बनेको छ। सोमबार बसेको बैठक कुनै पनि निर्णय नगरी टुंगिएकाे हो।

हाल सर्वोच्चमा ६ र उच्च अदालतमा १६ न्यायाधीश पद रिक्त छ। आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म बैठक बसेपनि कुनै निर्णय नभएको एक सदस्यले बताए।

प्रधान न्यायाधीशको अध्यक्षतामा ५ सदस्यीय न्याय परिषद् रहने संवैधानिक व्यवस्था छ। न्याय परिषदमा संघीय कानून तथा न्याय मन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा नियुक्त गरेको एक जना कानूनविद, नेपाल बार एसोसिएशनको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त कम्तीमा बीस वर्षकोअनुभव प्राप्त वरिष्ठ अधिवक्ता वा अधिवक्ता एक जना गरी चार जना सदस्य रहन्छन्।

न्याय परिषद्ले न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खास्ती र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिनुलगातका काम गर्छ।