काठमाडौं । सहकारी छानबिन सम्बन्धी संसदीय समितिले आफ्नो प्रतिवेदन अहिले केहीबेरमा सभामुख देवराज घिमिरेलाई बुझाउन लागेको छ । समितिका एक सदस्यले दिएको जानकारीअनुसार अहिले १० बजे सभामुखलाई प्रतिवेदन बुझाउन लागिएको हो ।
नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीको संयोजकत्वमा बनेको समितिले सहकारीमा देखिएका समस्या सम्बन्धी अध्ययन गरेको थियो । रास्वपाका सभापतिसमेत रहेका पूर्वमन्त्री रवि लामिछानेलगायतलाई दोषी ठहर गर्दै समितिले प्रतिवेदन बुझाउन लागेको हो ।
जीबी राई, रवि लामिछाने र छविलाल जोशीको हस्ताक्षरमा संयुक्त खाता सञ्चालन भएको पुष्टिसहितको प्रतिवेदन समितिले तयार पारेको छ ।
कांग्रेस उपसभापति धनराज गुरुगंमाथि भने थप अनुसन्धान आवश्यक रहेको प्रतिवेदनमा उल्लेख गरिएको समितिका एक सदस्यले बताए ।