अन्तर विद्यालय फुटसल प्रतियोगिता माघ २२ गते देखी

अन्तर विद्यालय फुटसल प्रतियोगिता माघ २२ गते देखी

काठमाडौँ : काठमाडौँमा माघ २२ गते देखी अन्तर विद्यालय फुटसल प्रतियोगिता हुने भएको छ । निजी तथा आवासीय विद्यालय सङ्गठन काठमाडौँ (प्याब्सक)को आयोजनामा हुने प्रतियोगिता माघ २४ गतेसम्म काठमाडौँको चुच्चेपाटीमा रहेको लुम्बिनी फुटसल मैदानमा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यो प्रतियोगिताको चौथो संस्करण हो । प्रतियोगितामा ६४ टोलीले सहभागिता जनाउने कार्यक्रम संयोजक काफ्लेले जानकारी दिए । प्रतियोगितामा सहभागी हुनकालागि प्रति टोली तिन हजार रुपैयाँ प्रवेश शुल्क लाग्ने छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु १०,०००, द्वितीय हुनेले नगद रु ८०००, तृतीय हुनेले नगद रु ७००० र चौथो हुनेले नगद रु ५००० का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।