काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ ।
आइतबार तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार १ सय रुपैयाँ घटेर १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यस्तै सोमबार चाँदीको मूल्य पनि सामान्य घटेर १ हजार ८४० रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य तोलामा १ हजार ८५० रुपैयाँ कायम भएको थियो ।