बिपिन जोशीको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह

बिपिन जोशीको रिहाइका लागि सहयोग गर्न कतारलाई गृहमन्त्री लेखकको विशेष आग्रह

काठमाडाैं। गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बिहीबार शिष्टाचार भेटघाट गरेका छन्।

सिंहदरबारस्थित गृहमन्त्रालयमा भएको भेटवार्ताहरु मन्त्री लेखक र राजदूत अलान्सारी नेपाल र कतारबीचकाे गहिरिँदै गएको सम्वन्धका बारेमा चर्चा भएको छ।

भेटमा क्रममा गृहमन्त्री लेखकले हमासको अपहरणमा रहेका नेपाली विद्यार्थी बिपिन जोशीको रिहाइका लागि आवश्यक सहयोग गरिदिन राजदूत अलान्सारीलाई विशेष आग्रह गरे।

त्यसका साथै कतारमा रहेका नेपाली कामदारहरुलाई २४ घण्टा नै बिमाको व्यवस्था तथा कतारमा रही मृत्यु एवं घाइते भएका नेपालीहरुको राहत र उद्दारमा जोड दिँदै उनले विभिन्न जेलमा सजाय भोगिरहेका नेपाली नागरिकलाई आममाफी तथा सजाय छुट व्यवस्था मिलाइदिन आग्रह गरे।

सीमापार हुने आर्थिक अपराध नियन्त्रणका विषयमा नेपाल र कतारबीच सहकार्य बढाउनेपर्नेमा समेत मन्त्री लेखकले जोड दिए।

त्यसैगरी राजदूत अलान्सारील बिपिन जोशीको रिहाइका लागि कतारले आवश्यक पहल गरिरहेको जानकारी दिए। कतारको विकासमा नेपालीहरुको सहयोगको प्रशंसा समेत राजदूतले गरेका थिए।