मकवानपुरमा अरिंगालले टोकेर युवकको मृत्यु

मकवानपुरमा अरिंगालले टोकेर युवकको मृत्यु

मकवानपुर । मकवानपुरमा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ।

मृत्यु भएकामा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–५ छापडाँडाका ३२ वर्षीय सुमन गोले छन्। उनको बिहीबार बिहान मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घरदेखि १ किलोमिटर दक्षिण छिमेकीको बारीमा काम गर्ने क्रममा बुधबार उनलाई अरिंगालले टोकेको थियो। घाइते गोलेलाई उपचारका लागि काठमाडौँको फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताल लगिएको थियो।

उपचारका क्रममा बिहीबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।