बन्चरो प्रहार गरी छोराले गरे बाबुको हत्या

बन्चरो प्रहार गरी छोराले गरे बाबुको हत्या

काठमाडौं । सिन्धुलीमा हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–७, पन्थचौरी लामपातका २१ वर्षीय अमृत घिमिरे छन् ।

आफ्नै बुवा ६० वर्षीय लालबहादुर घिमिरे विकको हत्या गरेको उनीमाथि आरोप छ । सोमबार (हिजो) राति अमृतलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

लालबहादुर सुतेको अवस्थामा अमृतले बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । बन्चरोसहित अमृतलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।