निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि दलित अभियन्ता सुनार पक्राउ

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि दलित अभियन्ता सुनार पक्राउ

काठमाडाैँ । राज्यका निकायमा दलित समुदायलाई बेवास्ता गरिएको भन्दै धर्नामा रहेका खगेन्द्र सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

साढे २ किलोको नेल शरीरमा बाँधेर प्रदर्शनरत उनले बानेश्वरस्थित संसद भवन प्रवेश गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

उनलाई प्रहरीले प्रहरी वृत्त बानेश्वरमा राखिएको छ। उनी गत बुधबारदेखि माइतीघरमा धर्नामा बस्दै आएका छन्। सरकार निर्माण तथा राजनीति नियुक्तिमा दलित सुमदायलाई बेवास्तागरेको र मुद्दा समेत पन्छाइएको भन्दै धर्नामा बसिरहेका हुन्।