गायक तिमल्सिनाको शव पोस्टमार्टम, यस्तो देखियो कारण

गायक तिमल्सिनाको शव पोस्टमार्टम, यस्तो देखियो कारण

काठमाडौं । ललितपुरमा शनिबार आफैं बस्दै आएको ठाउँमा मृत भेटिएका गायक प्रकाश तिमल्सिनाको शवको पोस्टमार्टम भएको छ ।

पाटन अस्पतालमा पोस्ट मार्टम गरिएको हो । चिकित्सकले मुटु, कलेजो लगायत भित्री अंगले काम नगरेपछि तिमल्सिनाको मृत्यु भएको बताएका छन् । ‘चिकित्सकले खासगरी मुटु र कलेजोमा समस्या देखिएकाले मृत्यु भएको बताएका छन् । विस्तृत आउन बाँकी छ’, ललितपुर प्रहरी स्रोतले भन्यो ।

३५ वर्षीय तिमल्सिना श्रीमतीसहित ललितपुर बस्दै आएका थिए । तर घटना हुँदा पत्नी भने विराटनगरमा थिइन् । उनी काठमाडौं आइपुगेपछि प्रहरीले आवश्यक प्रकृया अगाडि बढाएको थियो ।

प्रहरीका अनुसार तिमल्सिना खाटमा लडिरहेको अवस्थामा भेटिएका थिए । उनको मुखबाट केही रगत निस्किएको पाइएको थियो । १० वर्षअघि विवाह गरेका तिमल्सिनाका बच्चाबच्ची भने थिएनन् ।