लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलाकाे पोलमा चढेर आत्महत्या प्रयास

लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलाकाे पोलमा चढेर आत्महत्या प्रयास

काठमाडौं । लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नमानेको भन्दै माइतीघर मण्डलास्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेर एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्।

शनिबार जुम्ला घर भएकी सहारा शाहीले दुई बर्ष लिभिङ टुगेदरमा बसेको केटाले बिहे गर्न नममानेको भन्दै पाेलबाट हाम्फाल्ने प्रयास गरेकी हुन्।

उनी करिब ३५ दिनदेखि घर्नामा छिन्। घर्नामा बसेकी शाही आज भने हाम्फालेर मर्ने भन्दै माइतीघरस्थित पोलमा चढेकी थिइन्। उनलाई प्रहरीले तत्काल उद्धार गरेको छ।