उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको हेलिकोप्टर कसरी पुग्यो नुवाकोट ?

उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको हेलिकोप्टर कसरी पुग्यो नुवाकोट ?

काठमाडौँ ।  एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको पाइएको छ । नागरिक उड्डयन प्राधिकरणले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडौँ विमानस्थलबाट दिउँसो १ः५४ मा उडेको जहाज (९एन–एजेडी) स्याफ्रुबेशी (रसुवा जिल्ला) जाँदै थियो । 

जहाजमा  क्याप्टेनबाहेक ४ जना यात्रु (चिनिया नागरि) रहेको जानकारी दिँदै प्राधिकरणले भनेको छ, ‘सो हेलिकप्टर उडान गरेको ३ मिनेटपछि काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भई नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्याचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको छ।’

दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार कार्यका लागि प्रभु हेलिकप्टर कम्पनीको हेलिकप्टर दुर्घटना स्थलतर्फ प्रस्थान गरेको प्राधिकरणले जनाएको छ । दुर्घटनामा ४ जनाको शव फेला परेको उद्धारकर्ताहरूले जनाएका छन् । जहाज क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

सम्पर्क विच्छेद भएपछि पनि हेलिकोप्टर नुवाकोट पुग्नुलाई आश्चार्य मानिएको छ ।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन।