टीआरसी विधेयकमा तीन दलबीच भयाे यस्ताे सहमति

टीआरसी विधेयकमा तीन दलबीच भयाे यस्ताे सहमति

काठमाडौं । सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक (टिआरसी)मा मुख्य तीन दल सहमति नजिक पुगेका छन् । आज बिहान गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सैद्धान्तिक सहमति जुटाएको हो । 

सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक टुङ्गो लगाउन गठित कार्यदलका सदस्य महेश बर्तौलाले टीआरसी विधेयक सहमति निकट पुगेको बताए । बर्तौलाले बिहीबारसम्म अहिलेसम्म भएका सहमतिलाई जोडेर प्रतिवेदन तयार पार्ने बताए ।

लामो समयसम्म पीडितलाई थप पीडामा जोडिरहन नहुने भन्दै तीन दल टीआरसीका विवादित विषयलाई टुंगो लगाउने निचोडमा पुगेको अर्का सदस्य जनार्दन शर्माले बताए ।

तीन सदस्यीय कार्यदलमा कांग्रेसबाट रमेश लेखक सहभागी छन् । कार्यदलको अर्को बैठक बिहीबार बिहान ८ बजे बस्नेछ ।