मुख्यमन्त्री सोडारीले गरे कृषिमन्त्री थापालाई बर्खास्त

मुख्यमन्त्री सोडारीले गरे कृषिमन्त्री थापालाई बर्खास्त

कैलाली। सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो।

आज र यस अघिको बैठकमा प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन्। उनलाई मुख्यमन्त्री सोडारीले बैठक नजान आग्रह गरेपनि उनले अटेर गरेको भन्दै पदबाट हटाईएको बुझिएको छ।

सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर आफूले जनताको आवाज उठान संसद् आएको उनले बताइन्।

संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन्।

सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर आफूले जनताको आवाज उठान संसद् आएको उनले बताइन् ।

संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।