काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ लिइरहेका छन्। मन्त्रालयका सचिवहरूबाट प्रधानमन्त्री शर्माले ब्रिफिङ लिइरहेको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीमा नियु्कत भएपछि पहिलो पटक सचिवहरूलाई बोलाएर प्रधानमन्त्री शर्माले ब्रिफिङ लिएका हुन्। अहिले सम्बन्धित मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे प्रस्तुतिकरण दिइरहेका छन्।
बैठकमा उपप्रधानमन्त्रीहरू,मन्त्रीहरू,प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार,योजना आयोगका पदाधिकारी,मुख्यसचिव,सबै सचिवहरु सहभागी छन्।