नेपाली सेनाका रथी सिग्देललाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

नेपाली सेनाका रथी सिग्देललाई बर्खास्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

काठमाडौं। नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देललाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। रथी सिग्देलको जन्ममिति विवाद रहेको भन्दै युबराज पौडेल (सफल) ले सर्वोच्चमा रिट दायर गरेका हुन्।


रथी सिग्देलको सवारी चालक अनुमतिपत्र राष्ट्रिय परिचयपत्र र एसएलसीको प्रमाणपत्रमा २०२३/१०/१९ गते उल्लेख रहेको रिट निवेदनमा उल्लेख छ।

तर, उनले निजले जिल्ला प्रशाशन कार्यालय जाजरकोटबाट २०४० साल साउन २९ गते नागरिकता लिँदा निजको उमेर १७ बर्ष पुगेको भनी लेखिएको रिट निवेदकको दाबी छ । पछि सोही नागरिकताको प्रतिलिपि लिँदा २०४०/०६/०९ बनाइ मिति फरक पारेको रिट निवेदकको आरोप छ ।