आज म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीको सामना गर्दै

आज म्यानचेस्टर डर्बीमा म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीको सामना गर्दै

एजेन्सी : काराबो कप (इन्ग्लिश फुटबल लिग कप) अन्तरगत आज म्यानचेस्टर डर्बीमा युनाइटेड र म्यानचेस्टर सिटी बिच खेल हुने भएको छ । काराबो कपको सेमीफाइनलको पहिलो लेगको खेलमा सिटिले उत्कृष्ट प्रदर्शन गर्दै युनाइटेड माथि ३-१ को सान्दार जित निकालेको थियो। यो नतिजालाई उटियाउदै युनाइटेडले खेल आफनो पक्षमा पार्दै काराबो कपको फाईनलमा जाने दाउमा छ भने सिटी अगातार तेस्रो चोटी काराबो कपको फाईनलमा स्थान बनाउन चाहन्छ ।

हिजो राती भएको सेमीफाइनलको दोस्रो लेगको खेलमा एस्टन भिल्लाले लेस्टर सिटीलाई उसैको घरेलु मैदानमा २-१ ले हाराउदै फईनलमा आफनो स्थान बनाएको हो । यस अघि भएको पहिलो लेगमा एस्टन भिल्ला र लेस्टर सिटीले १-१ को बराबरी खेलेका थिए । युनाइटेड र म्यानचेस्टर सिटी बिचको खेल नेपाली समय अनुसार राती १:३० बज देखीे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुने छ ।