माइक्रोसफ्टको सर्भरमा समस्या: विश्वभरका बैंक, मिडिया समूह र एयरलाइन्स प्रभावित

माइक्रोसफ्टको सर्भरमा समस्या:  विश्वभरका बैंक, मिडिया समूह र एयरलाइन्स प्रभावित

काठमाडौं । शुक्रबार विश्वभरका धेरै बैंक, एयरलाइन्स र दूरसञ्चार सेवाको काम अचानक ठप्प भएको छ । धेरै टेलिभिजन तथा ब्रोडकास्ट कम्पनीहरूको प्रसारण पनि रोकिएको छ। माइक्रोसफ्टको सर्भर डाउन हुनाले यो समस्या देखिएको हो । माइक्रोसफ्टले यसलाई ठीक गर्न प्रयास गरिरहेको बताएको छ।

सूचना प्रविधि प्रणालीमा खराबीका कारण सिड्नी विमानस्थल र युनाइटेड एयरलाइन्सका विमानको उडान बन्द भएको छ । बेलायतमा रेल कम्पनीहरूको सञ्चालन रोकिने सम्भावना रहेको जनाइएको छ। एउटा ठूलो ट्रेन कम्पनीले धेरै मात्रामा आईटी समस्या आएकोले ट्रेन सञ्चालनमा असर गर्न सक्ने बताएको बीबीसी समाचारमा उल्लेख छ।

आइटी प्रणाली बन्द भएकाले बर्लिन एयरपोर्टमा चेक(इनमा समस्या आएको छ। आईटी समस्याहरू स्पेनका सबै एयरपोर्टहरूमा सुरु भएको रिपोर्ट गरिएको छ। बेलायतमा स्काई न्यूज च्यानल बन्द भएको छ। अष्ट्रेलियामा दूरसञ्चार समूह टेलस्ट्राको सेवामा बाधा उत्पन्न भएको जनाइएको छ ।

अस्ट्रेलियाको सिड्नीमा विमान उडान प्रभावित भएको छ । युनाइटेड एयरलाइन्सले आफ्नो हवाई सेवा बन्द गरेको छ । लन्डन स्टक एक्सचेन्जमा पनि प्राविधिक समस्या देखिएको छ । नेपालमा पनि एयरलाइन्सहरूकोमा टिकट बुकिङ्ग लगायतमा समस्या आइरहेको बताइएको छ। 

भारतका एयरलाइन्समा पनि यसको असर देखिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। चार एयरलाइन्स ( इन्डिगो, स्पाइसजेट, अकासा एयर र एयर इन्डिया एक्सप्रेसले प्राविधिक समस्याका कारण बुकिंग, चेक(इन र उडान अपडेट सेवाहरू प्रभावित भएको जनाएको छ।