बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य सामान्य वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार तोलामा १ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको हो।