सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

सोमबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ८९० रुपैयाँ कायम भएको थियो ।