ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ घट्दै १ लाख ४५ हजार रुपैयाँ कायम भएको हो । 

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो भने सो मूल्य हालसम्मकै उच्च हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।