ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । काठमाडौँ । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य बढेर तोलामा १ लाख ४४ हजार ३०० रुपैयाँ पुगेको हो । 

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ थियो । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ बढेको हो।यसैगरी तेजाबी सुन तोलामा १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।