महिला भलिबलमा नेपाललाई ऐतिहासिक सफलता

काठमाडौं : नेपालले एभीसी एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बिहीबार भएको फाइनलमा माल्दिभ्सलाई ३–० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

बंगलादेशमा भएको खेलमा फाइनलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सोझो सेटमा हराएको हो ।१३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपालका लागि यो उपाधि निकै महत्वपूर्ण छ ।

नेपालले अफगानिस्तान, किर्गिस्तान र घरेलु टोली बंगलादेशलाई पराजित गरेको हो । सबै खेलमा नेपालले सोझो सेटको विजय हासिल गरेको हो ।