शेयर बजारमा दोस्रो 'सर्किट ब्रेक', ४० मिनेटका लागि कारोबार बन्द

शेयर बजारमा दोस्रो 'सर्किट ब्रेक', ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । सरकार  परिवर्तन भएसँगै  सेयर बजारमा उचाल आएको छ। नेकपा एमाले र नेपाली कांग्रेसबीच नयाँ गठनबन्धन गर्ने  सहमति भएसँगै मंगलबार सेयर बजारमा उछाल देखिएको हो।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। मंगलबार पहिलो सर्किट लागेर बजार खुल्ने वित्तिकै नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेर ४० मिनेटका लागि कारोबार बन्द भएको छ। अब ४० मिनेटपछि पुनस् सेयर कारोबार खुल्नेछ।
आज बजार खुल्ने वित्तिकै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि कारोबार बन्द भएको हो। दोस्रो सर्किट ब्रेक लाग्दा नेप्से परिसूचक १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुमा अडिएको छ।

सेयर बजारमा एक घण्टाअघि ४ प्रतिशतले नेप्से बढे २० मिनेट सर्किट ब्रेक  लाग्छ। त्यसपछि खुलेको बजारमा ५ प्रतिशतले नेप्से बढे ४० मिनेट र ६ प्रतिशतले बढे दिनभरको कारोबार बन्द हुने गर्छ।