बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं । स्थानीय बजारमा मंगलबार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।