बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख ४१ हजार ५ सय रूपैयाँ कायम भएको छ । हिजो तेजाबी सुनको मूल्य  १ लाख ४१ हजार ३ सय रुपैयाँमा रहेको थियो । 

यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ७ सय ९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।