आँखा किन फरफराउँछ ?

आँखा किन फरफराउँछ ?

काठमाडाैं। शायद आँखा नफरफराउने मानिस कोही छैन होला। कुनै न कुनै समय तपाइँको पनि आँखा अवश्य फरफराएको हुनुपर्छ।

हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ। आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसंकेतका रूपमा लिइन्छ।

सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउँदा अलगअलग संकेत रूपमा बुझ्न सकिन्छ। पुरुषको दायाँ आँखा फरफराएको शुभ मानिन्छ भने महिलाको बायाँ आँखा फरफराउनु शुभ मानिन्छ।

पुरुषको दायाँ आँखा फरफराउँदा पुरुषका सबै इच्छा पूरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ।

यस्तै, महिलाको बायाँ आँखा फरफराएमा सुनचाँदी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।

तर चिकित्सकहरूका अनुसार कसैको आँखामा एलर्जी भई पानी आएमा, चिलाएमा आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा, धेरै तनाव र थकानका कारण निद्रा नपुग्दा, म्याग्नेसियमजस्ता केही पोषक तत्त्वको कमी हुँदा, चिया, कफी वा अल्कोहल बढी सेवन गरेमा आँखा फरफराउने समस्या हुन सक्छ ।