इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत

इजरायलद्वारा ९२ हजार विदेशी कामदार आयात गर्ने योजना स्वीकृत

काठमाडाैं। श्रम अभावलाई सम्बोधन गर्न, इजरायली अधिकारीहरूले कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारहरूको कोटा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयले घोषणा गरेको छ। इजरायलले रेस्टुरेन्ट उद्योगका लागि विदेशी कामदारलाई अनुमति दिएको यो पहिलो पटक हो।

योजना अन्तर्गत विशेष गरी कृषि मजदुरहरूका लागि ७० प्रतिशत कोटा छुट्याइएको छ। इजरायली कृषिले उत्पादन र श्रमशक्तिमा आश्चर्यजनक नोक्सानको सामना गरिरहेको छ। अक्टोबर–७ अघि, इजरायलमा २९ हजार नौ सय विदेशीहरू रहेकोमा प्रायः खेत बगैँचा ग्रीनहाउस र प्याकिङ प्लान्टहरूमा काम गरिरहेका थिए।

खाली ठाउँहरू भर्ने इजरायली कामदारहरूलाई सैन्य आरक्षित कर्तव्यका लागि बोलाइएको छ। प्यालेस्टिनी मजदुरहरूलाई हाल सुरक्षा जोखिमका रूपमा प्रतिबन्ध लगाइएको छ।

धेरैजसो यस्ता क्षेत्रहरू लेबनानको सिमानाको दुई किलोमिटरभित्र छन् जहाँ किसानले स्वतन्त्र रूपमा खेत र बगैँचामा काम गर्नेगर्छन्।

विदेशी कामदारले उद्योग तथा होटलमा श्रम आपुर्ति गर्ने योजनामा सुरुमा दुई हजार मानिसहरूले पहिलो पटक रेस्टुरेन्टमा काम गर्नेछन्।