बार्सिलोना माथि भ्यालेन्सियाको सान्दार जित

बार्सिलोना माथि भ्यालेन्सियाको सान्दार जित

एजेन्सी : स्पानिस ला लिगाअन्तर्गत गएराति २१ औं चरणका खेलहरु भएका छन् । जस अन्तर्गत ६ खेलहरु भएको थियो । जसमा भ्यालेन्सियाले बार्सिलोना माथि २-० को सान्दार जित निकालन सफल भएको छ। यो खेलमा मेस्सीले धेरै प्रयास गर्दा पनि बार्सिलोनालाई हारबाट जोगाउन भने सकेनन् ।

भ्यालेन्सियाको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमा दुबै टोलीबाट कुनै गोल हुन सकेन र पहिलो हाफ बाराबरीमा सकियो । दोस्रो हाफको ४८ औं मिनेटमा भ्यालेन्सियाका लागी म्याक्सिमिलियानो गोमेजले गोल गर्दै १-० को अग्रता दिलायका थिए त्यस पछि निकै आक्रमक बनेको बार्सिलोनाले धेरै प्रयास गर्दा पनि गोल गर्न सकेन र ७७ औं मिनेटमा फेरी म्याक्सिमिलियानो गोमेजले सान्दार गोल गर्दै भ्यालेन्सियाको अग्रता दोबर पार्दै खेल २-० मा पुराए । त्यस पछि निर्धारित समयसम्म पनि बार्सिलोनाले कुनै जवाफी गोल फर्काउन नसकेपछि भ्यालेन्सियाले खेल २-० ले आफनो पक्षमा पर्न सफल भएको हो ।