नेपाल एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नजिक

नेपाल एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नजिक

काठमाडौं : नेपाली महिला भलिबल ऐतिहासिक उपलब्धि नजिक पुगेको छ । बंगलादेशको राजधानी ढाकामा भइरहेको एभीसी सेन्ट्रल जोन महिला भलिबलको उपाधि नजिक पुगेको हो । नेपालले बिहीबार माल्दिभ्ससँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने छ ।

नेपालसहित यो प्रतियोगितामा बंगलादेश, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गरेका छन् । राउण्ड रोविन लिग अनुसार बुधबार नेपालले माल्दिभ्सलाई समूह चरणमा ३–० को सोझो सेटमा पराजित गरी प्रतियोगितामा अपराजित टिमको रुपमा फाइनल पुगेको हो । नेपालले सबै खेलमा ३–० कै सेटमा नतिजा आत्मसाथ गरेको छ ।

बिहीबार नेपाल विजयी भए स्वर्ण पदक हात पार्ने छ । २०१४ मा नेपाल दोस्रो हुँदा भारत पहिलो र श्रीलंका तेस्रो भएका थिए ।प्रतियोगितामा भारत र श्रीलंका सहभागी छैनन् । समूह चरणमा माल्दिभ्समाथि सहज जित हात पारेकाले नेपाली टिम उपाधिको सबैभन्दा ठूलो दाबेदार टिम हो ।