टीकापुरको जग्गा मैले ५० हजारमा किनेको हो, शक्तिमा हुनेले ममाथिका सबै फाइल खोलेर देखाउनु

टीकापुरको जग्गा मैले ५० हजारमा किनेको हो, शक्तिमा हुनेले ममाथिका सबै फाइल खोलेर देखाउनु

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई चुनौती दिएकी छिन्।

संसद भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी उनले शक्तिमा हुनेले फाइल खोलेर हेर्न चुनौती दिएकी हुन्।‘उनीहरू पावरमा छन्। जे-जे छन् फाइल खोलेर हेरे हुन्छ।

मनगढन्ते कुरा गरेर हुँदैन, प्रमाण चाहिन्छ।’ उनले भनिन्, ‘टीकापुरको जग्गा मैले ५० हजारमा किनेको हो। त्यसको सबै रिपोर्ट गरिसकेको छ। मैले ०५३ सालमा किनेको हो। घोटाला भएको ०६८ साल पछि हो। तपाईंहरू आफैं गएर कागजात खोलेर हेर्नुहोला।’ उनले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताइन ।