प्रिमियर लिगमा आज चेल्सी र आर्सनल बिच खेल हुदै

प्रिमियर लिगमा आज चेल्सी र आर्सनल बिच खेल हुदै

एजेन्सी : प्रिमियर लिग अन्तरगत आज इङलिस फृटबलका दुई ठुला क्लब चेल्सी र आर्सनल बिच खेल हुने भएको छ । जारी सिजनमा आर्सनलले २० वर्ष एताकै खराब प्रदर्शन गरेको छ भने युवा खेलाडिहरुको बाहुल्यता रहेको चेल्सी पनि खासै लयमा छैइन । चेल्सीले यस अघि भएको खेलमा कमजो मानिएको न्यूकैसल युनाइटेड संग १-० पराजित हुन पुगेको थियो । 

खेल नेपाली समय अनुसार राती २:०० देखी सुरु हुने भएको छ । खेल चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा हुने भएको छ । चौथो स्थानमा रहेको चेल्सीको ३९ अङ्क रहेको छ भने १० औं स्थानमा रहेको आर्सनलको २९ अङ्क रहेको छ । जारी सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेको आर्सनलले भने जित हात पार्दै चल्सी संगको अङ्क दुरी कम पार्ने लक्ष्य लिएको छ भने चेल्सीले घरेलु मैदानको फाइदा उठाउद आर्सनल माथि जित हात पार्ने दाउमा छ ।