फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक

फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरि सरेको छ । आइतबार बिहान बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । सो समयमा बस्न नसकेपछि फेरि अपरान्ह साढे ४ बजे बस्ने गरी सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ । 

सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ ।

समिति गठन गर्न सत्ता र प्रतिपक्षी दल सहमत भए पनि समितिको कार्यादेशबारे सहमति नजुट्दा प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बारम्बार सरिरहेको छ ।