बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपले दिए यस्तो प्रतिक्रिया

बलात्कार मुद्दामा सफाइ पाएपछि सन्दीपले दिए यस्तो प्रतिक्रिया

काठमाडौँ । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएपछि सन्दीप लामिछानेले आफूले पहिले जिल्ला अदालतको फैसला पनि स्वीकार गरेको र आजको फैसला पनि स्वीकार गर्ने बताएका छन्। 

उनले उच्च अदालत पाटन नजिक समर्थकमाझ उक्त कुरा बताएका हुन्।  उनले नेपाललाई क्रिकेटमार्फत आफूले जुन उचाइसम्म पुर्‍याएको हो, त्यसभन्दा पनि माथि पुर्‍याउन प्रयत्न गर्ने प्रतिबद्धता पनि जनाएका छन्।
 
उनले भनेका छन्, 'पहिलो दिनदेखिनै निर्दोष छु भनेर भनिरहेको छु, अन्ततः यहाँसम्म आइसकेका छौँ। जिल्ला अदालतको फैसला पनि सम्मान गरेकै हुँ, आजको फैसलाको पनि सम्मान नै गर्छु। मलाई साथ दिने सबैप्रति आभारी छु। आगामी दिनमा नेपाललाई जहाँ मैले पुर्‍याएको थिएँ, त्यसभन्दा माथि पुर्‍याउने प्रयत्न गर्ने छु।'

बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघमा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

धेरै पढिएको

छुटाउनुभयो कि ?