नेचुरल बचत तथा ऋण सहकारी १७ वर्षमा प्रवेश

नेचुरल बचत तथा ऋण सहकारी १७ वर्षमा प्रवेश

काठमाडौं । बौद्ध टुसालमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था स्थापनाको १६ वर्ष पूरा गरेको छ । संस्था वैशाख २४ गतेबाट १७औँ वर्षमा प्रवेश गरेको हो । संस्थाको १७औँ स्थापना दिवसको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य र शुभचिन्तकहरूमा संस्थाले शुभकामना व्यक्त गरेको छ ।

संस्थामा आबद्ध सदस्यहरूको विश्वासले आजको विषम परिस्थितिमा पनि सबल वित्तीय अवस्था र गुणस्तरीय सेवा प्रदान गर्न संस्था सफल भएको संस्थाकी अध्यक्ष शर्मिला अमात्यको भनाइ छ ।

सहकारीहरूको भीडमा नेचुरल सहकारीले छुट्टै पहिचान बनाउन सफल भएको र वर्तमान अवस्थामा पनि सदस्यता वृद्धि, बचत वृद्धि, निरन्तर सदस्य शिक्षा तथा विस्तारित मञ्चहरू सञ्चालन र सदस्यहरूका धेरै सफलताहरू निर्माण गर्दै अगाडि बढेको विज्ञप्तिमा उल्लेख छ ।

स्वनियमन एवं सुशासन युक्त, समुदायमा आधारित, सदस्य केन्द्रित मुलुककै उत्कृष्ट एवं अग्रणी सहकारीको रूपमा स्थापित गर्ने संस्थाले लक्ष्य लिएको जनाइएको छ । संस्थाले वित्तीय कारोबारसँगै प्रविधि मैत्री सेवा तथा सामाजिक उत्तरदायित्वका कार्यहरूमा संस्था निरन्तर क्रियाशील रहेको संस्थाकी अध्यक्ष अमात्यको भनाइ छ ।

साथै संस्थालाई सहकारीको मूल्य, मान्यता र सिद्धान्त एवं सहकारी ऐन, नियमावली तथा मापदण्ड र निर्देशनहरूको परिपालनामा सदैव प्रतिबद्ध रहँदै सदस्यको बचत र लगानीको सुरक्षाको प्रत्याभूति दिने संस्थाका सचिव विकल्प पाठकले जनाए । साथै आगामी दिनहरूमा पनि स्तरीय एवं विश्वसनीय वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता संस्थाले जनाएको छ ।