आज चार वटा संसदीय समितिको बैठक बस्दै

आज चार वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।

बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारवाही, विपद् जोखिम न्युनिकरणका लागि तयारी तथा भावी कार्ययोजना, विपद् व्यवस्थापन (विपद् जोखिम न्युनिकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारवाही, विपद् जोखिम न्युनिकरणको लागि तयारी तथा भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तैे बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानून, उनीहरुका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम÷ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुने जनाइएको छ ।

त्यस्तै दिउँसो १ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१÷०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ भने दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल हुने जनाइएको छ ।