नेपाली बजारमा फेरि आकासीयो सुनको  मूल्य

नेपाली बजारमा फेरि आकासीयो सुनको  मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज २ हजार रुपैयाँले बढेको छ। हिजो २७ सय रुपैयाँले घटेको सुन आज २ हजार रुपैयाँले बढेको हो।

बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजाबी सुन १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै,  चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला १ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार ३१९ दशमलव ०३ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २६ डलर २८ पैसामा कारोबार भइरहेको छ।