काठमाडौँ । नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा कायम भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि लगातार बढेको नेप्सेले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो। नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि वृद्धि भएको छ।
यसदिन ३२० स्क्रिप्सको १ करोड १८ लाख ३८ हजार १५० कित्ता सेयर ४ अर्ब ८० करोड ४४ हजार ६०१ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन २ अर्ब ९५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। सेन्सेटिभ इण्डेक्स १.५८ प्रतिशतले बढेर ३५७.५४ विन्दुमा कायम भएको छ।
आज दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। कर्पोरेट डेभलपमेन्ट बैंक र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी ग्रीन डभलपमेन्ट बैंकको ८.२९,बोटलर्सको ७.६२ र साइन रेसुंगा डेभलपमेन्ट बैंकको ७.२० प्रतिशतले मूल्य बढेको हो।