नायरको अध्यक्षमा उद्धव खड्का निर्वाचित, को-को आए कार्यसमितिमा ?

नायरको अध्यक्षमा उद्धव खड्का निर्वाचित, को-को आए कार्यसमितिमा ?

नेपलिज एसोसिएसन अफ अस्ट्रेलिया एजुकेसन रिप्रेन्सेटिभ्स (नायर)को १६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधारणसभाले अध्यक्षमा उद्धवबहादुर खड्कासहित सात सदस्यीय कार्यसमिति चयन गरेको छ ।  

उपाध्यक्षमा थरेन्द्रराज अधिकारी, महासचिवमा बिराज पाण्डे (भोजराज) र कोषाध्यक्षमा सुजनकुमार काफ्ले चयन भएका छन् । यस्तै, सदस्यमा लिजा शेरचन, जयराम पौडेल, संगीत शाह चयन भएका छन् । 

अस्ट्रेलियन उच्च शिक्षासम्बन्धी काम गर्ने शैक्षिक परामर्श संस्थाहरूको छाता सङ्गठन नायरमा नयाँ कार्यसमिति आएसँगै अध्यक्ष ​प्रेम पाण्डे निवर्तमान भएका हुन् । 

नायरले अस्ट्रेलियामा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीहरूलाई सहयोग पुर्‍याउन गुणस्तरीय शिक्षा र नैतिक अभ्यासहरू प्रवर्द्धन गर्न यसका सदस्यहरूबीचको सहकार्य र सहयोगलाई सहजीकरण गर्दै आएको छ ।

अध्यक्षमा निर्वाचित खड्का करिब दुई दशकदेखि शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रमा सक्रिय छन् । समाजसेवीसमेत रहेका खड्काले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा सक्रिय रहेर लायन्स क्लबलगायत विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध भएर काम गर्दै आएका छन् । उनी हब इन्टरनेश्ल एजुकेसनका अध्यक्षसमेत हुन् ।