घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै बुधबारको तुलनामा मूल्य घटेर कारोबार सुरु भएको जानकारी दिएको हो । महासंघका अनुसार आज तोलामा २०० रुपैयाँले सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ८०० रुपैयाँ कायम छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार १५० रुपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ३५० रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासङ्घले तोलामा १५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ ।