घट्यो अमेरिकी डलरको भाउ, कतिमा हुँदैछ कारोबार

घट्यो अमेरिकी डलरको भाउ, कतिमा हुँदैछ कारोबार

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा र विनिमयद निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६२ पैसा कायम गरिएको छ।

बुधबार अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६६ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको ४ पैसा घटेको हो। आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ १३ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७७ पैसा पाइन्छ। 

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ५० पैसा र बिक्रीमा ८६ रूपैयाँ ८९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ १९ पैसा र बिक्रीमा ९७ रूपैयाँ ६३ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६५ रूपैयाँ ४५ पैसा र बिक्रीदर १६६ रूपैयाँ २० पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ४७ पैसा र बिक्रीदर ३५ रूपैयाँ ६३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ २२ र बिक्रीमा ३६ रूपैयाँ ३८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रूपैयाँ ८४ पैसा र बिक्रीमा २७ रूपैयाँ ९७ पैसा पाइन्छ। बिहीबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ८७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ८२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४० पैसा तोकिएको छ।