आयोजक बङ्गलादेशलाई हराउदै, नेपाल फाइनलमा प्रवेश

बङ्गलादेशको राजधानी ढाकामा भइरहेको प्रथम एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपमा नेपालले लगातार तेस्रो खेलमा जित हात पारेको छ। बङ्गलादेशलाई उस्कै घरमा हराएको छ ।

नेपालले आज भएको खेलमा बङ्गलादेशेलाई ३–० को सोजो सेटमा पराजित गरेको छ।

नेपालले पहिलो सेट ७(२५ ले जित्यो। दोस्रो सेटमा ६(२५ जित हात पार्दै नेपालले तेस्रो सेटमा ६(२५ को जितको जित निकाल्यो। यसअघि नेपालले सोबार भएको खेलमा अफगानिस्तानलाई ३–० को सेटमा पराजित गरेको थियो।

प्रतियोगितामा नेपालसहित घरेलु टोली बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्। राउण्ड रोविन लिग अनुसार शीर्ष २ टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। नेपालले अरुणा शाहीको कप्तानीमा खेलिरहेको छ।