लुम्बिनी सरकारबाट बाहिरियो जसपा

लुम्बिनी सरकारबाट बाहिरियो जसपा

बुटवल । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टीबाट लुम्बिनी सरकारमा सहभागी मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् ।

कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट आइतबार राजीनामा दिएका हुन् । उनले मुख्यमन्त्रीलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारको नेतृत्व गरेर मन्त्री बन्ने अवसर दिएकोमा धन्यवाद दिएका छन् । सम्पर्क गर्न खोज्दा अहिले उनको मोबाइल अफ रहेको छ ।

चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए ।