मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा ३ जनाको नाम सिफारिस

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि ३ जनाको नाम सिफारिस भएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिले प्राडा ध्रुवकुमार गौतम, प्राडा नन्दबहादुर सिंह र प्राडा देवबहादुर खड्काको नाम सिफारिस गरेको जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा बनेको छनोट तथा सिफारिस समितिले मंगलबार भएको प्रस्तुति तथा अन्तर्वार्ताको आधारमा सिफारिस गरिएको जनाएको छ । संयोजक अधिकारीले भने, ‘हामीले बिहीबार कार्यालय समयभित्र ३ जनाको नाम सिफारिस गरेका छौं ।’