उडानमा ढिलाइ भएपछि यात्रुले गरे पाइलटमाथि हातपात (भिडियोसहित)

उडानमा ढिलाइ भएपछि यात्रुले गरे पाइलटमाथि हातपात (भिडियोसहित)

भारतमा इन्डिगो एयरलायन्सको उडान ढिलो भएपछि एक यात्रुले पाइलटलाई कुटपिट गरेका छन् । इन्डिगोको विमानमा आइतबार एक यात्रुले पाइलटलाई कुटपिट गरेका हुन् । पाइलटलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियोमा देखिएअनुसार पाइलटले विमानमा उडान ढिलाइ भएको घोषणा गरिरहँदा एकजना यात्रुले दौडिएर उनलाई थप्पड हानेको देखिन्छ । 

बीबीसी हिन्दीका अनुसार भिडियो दिल्लीको हो । यो उडान दिल्लीबाट गोवा गइरहेको थियो जुन बाक्लो कुहिरोका कारण ढिला भएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस विषयमा उजुरी दिएको छ ।

आइतबार दिल्ली र उत्तर भारतमा बाक्लो कुहिरो र कम भिजिबिलिटीका कारण धेरै उडानहरूमा ढिलाइ भएको थियो । धेरै रुट परिवर्तन भएका थिए भने उडान रद्द भएका थिए । आइतबार खराब मौसमका कारण ४०० उडानमा ढिलाइ भएको थियो । १० उडान डाइभर्ट गरिएको थियो भने २० उडान रद्द गरिएको थियो ।