काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आजको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गर्नुभयो । उहाँले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो ।
खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल गर्नुभयो । कमल श्रेष्ठले उपलब्ध गराएको फ्रि–किकमा उहाँले हेडमार्फत गोल गर्नुभएको हो । यसअघि पहिलो हाफको २०औँ मिनेटमा थ्री स्टारका लागि भारतीय खेलाडी लाल रम्मावियाले गोल गर्नुभयो । उहाँले फ्रि–किकमा गोल गर्नुभएको हो ।
खेलको ८३औँ मिनेटमा लाल रम्मावियाले नै दोस्रो गोल गर्दै खेललाई बराबरीमा पु¥याउनुभयो । खेलमा मनाङका अञ्जन म्यान अफ दी म्याच घोषित हुनुभयो । बराबरी खेलेपछि मनाङ १३ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने थ्री स्टार ११ अङ्कसहित पाँचौँ स्थानमा छ ।