नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब भेरियन्ट, मन्त्रालयले दियो यस्तो चेतावनी

नेपालमा पनि भेटियो कोरोनाको नयाँ सब भेरियन्ट, मन्त्रालयले दियो यस्तो चेतावनी

काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत नेपालमा पहिलोपटक सातजनामा जेएन.१ को संक्रमण भेटिएको जनाएको हो ।

देशका विभिन्न भागका फरकफरक उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्विन्सिङका क्रममा सात जनामा नयाँ सब भेरियन्ट पाइएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जनाएका छन् ।

संक्रमणको फैलावट रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । यो भेरियन्ट थप संक्रामक रहेकोले संक्रमण पुन उकालो लाग्न सक्ने विज्ञको भनाइ छ ।