जब सिहंदरबारको आकाशमा कालो ब्यानर उड्यो...

जब सिहंदरबारको आकाशमा कालो ब्यानर उड्यो...

काठमाडौं । श्रमजीवि पत्रकारको न्यूनतम पारिश्रमिक तत्काल लागू गर्नुपर्ने भन्दै सिंहदरबारको आकाशमा कालो ब्यानर उडाएर विरोध प्रदर्शन भएको छ । श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीको नेतृत्वमा नौ बुँदे मागसअिथ बेलुनमा कालो ब्यानर राखेर सिंहदबारको आकाशमा उडाएर विरोध प्रदर्शन भएको हो । गत मंसिर २५ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई अल्टिमेटम पत्र बुझाएलगत्तै २९ गते संघले एक प्रेस विज्ञप्ति जारी गर्दै पुस एक गते आठ गतेसम्म विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको थियो । संघका अनुसार सामाजिक सञ्जालमार्फत् नौ बुँदे मागको प्रचार प्रसार , हस्ताक्षर अभियान लगायत बुधबार बेलुनमा कालो ब्यानर भुण्ड्याएर सिंहदरबाको पूर्वी गेटबाट आकाशमा उडाइएको हो ।

आगामी विरोध कार्यक्रममा सातैवटा प्रदेशका मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने, कालो ब्यानरसहित राजधानी काठमाडौंमा धर्ना बस्ने र पुस आठ गते प्लेकाडसहित प्रदर्शन गर्ने तयारी रहेको संघका अध्यक्ष जैसीले बताए । संघले पुस एक गते मुलुकभर सामाजिक सञ्जालमार्फत नौं बुँदे अधिकारपत्र प्रचारप्रसार गरेको थियो । पुस दुई गते काठमाडौं उपत्यकामा हस्ताक्षर अभियान सञ्चालन गरेर पुष तीन गते मंगलबार संकलित हस्ताक्षर सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतमार्फत सरकारलाई बुझाइएको थियो ।