बढ्यो सुनको मूल्य

बढ्यो सुनको मूल्य

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । 

मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १८ हजार, तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० र चाँदीको मूल्य एक हजार ४५० रुपैयाँ तोकिएको छ ।

सोमबार एक लाख १७ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख १७ हजार २५० रुपैयाँमा तेजावी सुन र एक हजार ४५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।